क्रिकेट

नेपाल टी-ट्वान्टी लिगः 'ए' ग्रेड खेलाडीले न्यूनतम १५ लाख पाउने

इकागज |
जेठ ४, २०७९ बुधबार १६:४१ बजे

काठमाडौँ – पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट अन्तर्गत 'ए' ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख प्राप्त गर्ने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपाल टी-ट्वान्टी लिगको औपचारिक घोषणा कार्यक्रममा लिग अन्तर्गत 'ए' ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख प्राप्त गर्ने भएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले लिगमा खेलाडीलाई तीन ग्रेडमा राखिने तथा 'ए' ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने बताए । उनले 'बी' ग्रेडमा रहने खेलाडीले न्यूनतम १० लाख र 'सी' ग्रेडमा रहने खेलाडीले न्यूनतम ५ लाख रुपैयाँ न्यूनतम पाउने जानकारी गराए । 


क्यानले लिग सेप्टेम्बर २४ देखि अक्टोबर २२ (आगमी असोज ८ देखि कार्तिक ५) सञ्चालन गर्ने जनाएको छ । त्रिवि क्रिकेट मैदानमा हुने लिगमा ६ टिमको सहभागिता रहने छ । लिग होम एण्ड अवे तथा डबल राउन्ड रोबिनको आधारमा खेलाइने क्यानले जनाएको छ । 

मल्लले पहिलो संस्करणमा ६ टिमको सहभागिता भएपनि दोस्रो संस्करणबाट टिम थपिने जनाए । उनले सहभागी टिमको नाम नेपालका विभिन्न सहरहरुको नाममा राखिनेछ । 

लिगको कर्मसियल स्ट्राटेजिक अधिकार भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्टस्लाई ८ वर्षको लागि ३३ करोड नेपाली रुपैयाँमा बेचेको छ । 

लिगको औपचारिक घोषणा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए । 
 


Author

थप समाचार
x