क्रिकेट

चेन्नईमाथि लखनउको शानदार जित

इकागज |
बैशाख १२, २०८१ बुधबार ६:५३ बजे

काठमाडौँ- इण्डियन प्रिमिय लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्ट्‌सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लखनउले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।


चेन्नईले दिएको २११ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा मार्कस स्टोइनिसले शानदार ब्याटिङ गर्दै अविजित १२४ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको चेन्नईले कप्तान रुतुराज गायकवाडको १०८ रनको शतकीय पारीको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१० रन बनाएको थियो ।

यो जितपछि लखनउ ८ खेलमा ५ जित र ३ हारसहित १० अंक हासिल गरेर चौथो स्थानमा उक्लिएको छ । त्यसैगरी चेन्नईको भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक रहेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x