क्रिकेट

युगाण्डाविरुद्ध ब्याटिङमा नेपाल, को को परे प्लेइङ-११ मा ?

इकागज |
जेठ ७, २०७९ शनिबार १३:१६ बजे

काठमाडौँ – युगाण्डाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिमले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा युगाण्डाले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको हो ।

पाहुना टोली युगाण्डाले सिरिज ३-१ ले जितिसकेको तथा नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगिसकेको अवस्थामा आजको खेल जित्दै दुबै टिमले सिरिजको सुखद अन्त्य गर्ने चाहन्छ ।


यस अघि युगाण्डाले पहिलो खेल १२ रन, दोस्रो खेल १ विकेट तथा तेस्रो खेल ६ विकेटले जित्दै सिरिजमाथि कब्जा जमाएको थियो । यता नेपालले भने चौंथो खेल १५ रनले जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाएको थियो ।

नेपालको प्लेइङ ११:

कप्तान रुविना क्षेत्री, इन्दु बर्मा, सिता राना मगर, ज्योति पाण्डे, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, हिरानमायी रोय र विन्दु रावल ।


Author

थप समाचार
x