क्रिकेट

युगाण्डाविरुद्ध नेपालको लगातार दोस्रो जित

इकागज |
जेठ ७, २०७९ शनिबार १६:२० बजे

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले युगाण्डालाई ५ खेलको सिरिजको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल ३३ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो ।

युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक २६, केभिन अविनोले १५, सकिरा साडिकले १३ तथा जानेट मबाबाजीले १० रन जोडे । नेपालको तर्फबाट सिता रानामगर र इन्दु बर्माले समान २-२ विकेट लिए । हिरनमयी रोय र अस्मिना कर्माचार्यले १-१ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन जोड्न सफल भयो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रनको योगदान गरिन् । उनी केवल एक रनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक पुरा गर्नबाट चुकिन् ।

सिता राना मगरले १७ र इन्दु बर्माले ८ रन जोडिन् । कप्तान रुविना क्षेत्री र डोली भट्ट शून्य रनमा रनआउट भए । कविता जोशीले १८ र अप्सरी बेगमले ११ रन बनाए ।

युगाण्डाका लागि कोन्सी अवेको र फियानो कुलुमेले १-१ विकेट हात पारे । युगाण्डाले सिरिज भने ३-२ ले जित्यो ।


Author

थप समाचार
x