क्रिकेट

क्रिकेट टिम स्वदेश फिर्ता

इकागज |
असार १३, २०७९ सोमवार ११:२२ बजे

काठमाडौँ – मलेसियामा भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नेपाल आइपुगेको छ । नेपाली टिम सोमबार नेपाल आइपुगेको हो । 

च्याम्पियनसीप अन्तर्गत नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको थियो । नेपाल र युनाइटेड अरब ईमिरेट्स (युएई) बीचको सेमिफाइनल खेल बर्षाका कारण हुन नसकेपछि युएई फाइनलमा पुगेको थियो । नेपाल भने सेमिफाइनलबाटै बाहिरिएको थियो । 


समूह चरणमा नेपाल समूह ‘बी’ को उपविजेता तथा युएई समूह ‘ए’ को विजेता बनेका कारण नेपाल अघिल्लो चरणमा प्रवेश गर्न सकेन । जसका कारण नेपालले महिला टी–ट्वान्टी एसिया कपमा स्थान बनाउन सकेन ।


 


Author

थप समाचार
x