क्रिकेट

महिला आईपीएल मार्चमा

इकागज |
साउन २८, २०७९ शनिबार ११:५२ बजे

काठमाडौँ- बीसीसीआईले महिला इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी वर्षको मार्चमा गर्ने सम्भावना रहेको छ । बीसीसीआईले महिला आईपीएल मार्चमा गर्ने योजना बनाएको क्रिकइन्फोले जनाएको छ ।

महिला आईपीएल आयोजनाका लागि महिला घरेलु प्रतियोगिताको खेल तालिका पनि परिवर्तन गरिसकेको छ । महिला क्रिकेटको सन् २०२२-२३ को सिजन अक्टोबर ११ बाट सुरु भएर फेब्रुअरीमा अन्त्य हुने भएको छ ।


बीसीसीआईले सन् २०१८ देखि महिलाको टी-ट्वान्टी च्यालेन्ज आयोजना गर्दै आएको छ । तर यसमा अहिले केवल ३ टिमको सहभागिता रहदै आएको छ ।

महिला आईपीएलमा ५ देखि ६ टिमको सहभागिता रहने सम्भावना रहेको छ ।


Author

थप समाचार
x