क्रिकेट

भारतसँग १० विकेट हार्‍यो जिम्बाबे

इकागज |
भदौ ३, २०७९ शुक्रबार ९:४ बजे

काठमाडौँ- जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो । 

१९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए । 


यसअघि टस हारेर पहिला  ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनायो ।

कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए ।  भारतका लागि  दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए । 


Author

थप समाचार
x