क्रिकेट

विश्वकप लिग-२

आज नेपाल र पिएनजी भिड्दै

इकागज |
फागुन २५, २०७९ बिहीबार ६:५० बजे

काठमाडौं -आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पिएनजीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ। 

यसअघि फागुन १९ मा भएको खेलमा पिएनजीलाई नेपालले हराएको थियो । पिएनजीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो । 


नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ ।  नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ ।  दुई जिते शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । 

सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अंक छ।

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

पाली टोली:

रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी 

बेञ्चमा: सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद

 


Author

थप समाचार
x