क्रिकेट

पुरुष टेस्ट क्रिकेट: इंग्ल्याण्डले आयरल्याण्डसँग एक मात्र टेस्ट खेल्दै

इकागज |
जेठ १८, २०८० बिहीबार १३:५९ बजे

काठमाडौँ-  लण्डनको लर्ड्स क्रिकेट स्टेडियममा बिहीबारबाट इंग्ल्याण्डले आयरल्याण्डसँग एक मात्र टेस्ट खेल्दैछ। इंग्ल्याण्ड र आयरल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५  बाट सुरु हुनेछ।

इंग्ल्याण्डले आयरल्याण्डविरुद्धको खेलका लागि बलियो  'प्लेइङ इलेभेन' घोषणा गरिसकेको छ। बेन स्टोक्सको कप्तानी टोलीमा बेन डकेट, जाक क्राउली, ओली पोप, जो रुट, ह्यारी ब्रुक, जोनी बेयरस्टो, स्टुअर्ट ब्रोड, म्याथ्यू पोट्स, जोश टंग, र ज्याक लीच छन्। आयरल्याण्डले भने प्लेइङ इलेभेन घोषणा गरेको छैन।


आयरल्याण्डले चार वर्षअघि आफ्नो पहिलो टेस्ट म्याच  इंग्ल्याण्डविरुद्ध नै लर्ड्समा खेलेको थियो। इङ्गल्याण्डले पछिल्लो पटक २०२१ मा भारतविरुद्ध घरेलु टेस्ट क्रिकेट खेलेको थियो जहाँ चौथो 'इनिङ्समा' ३७८ रनको विशाल लक्ष्य पछ्याएको थियो।

इंग्ल्याण्डलाइ यो खेलले बहुप्रतिक्षित एशेज शृंखला अगाडि राम्रो तयारी प्रदान गर्नेछ।


Author

थप समाचार
x