क्रिकेट

नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, खनाल र कामी बाहिरिँदा शेख र झा टिममा

इकागज |
फागुन १३, २०८० आइतबार ८:५६ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालविरूद्ध नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि शुरु खेल हुनेछ ।

दुई खेलाडी परिवर्तन भएको नेपाली टिममा देव खनाल र सोमपाल कामीको बाहिरिँदा आरिफ शेख र गुल्सन झा अटाएका छन् ।


यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग– २ को पहिलो सिरिज पनि जितेको छ ।

त्यसैगरी नेदरल्याण्ड्‌‌सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

नेपाल र नेदरल्याण्ड्‌‌सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्ड्‌‌सले २ र नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्‌‌ससँग नै सन्‌ २०१८ को अगस्त १ मा खेलेको थियो ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्ड्‌‌स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।     

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउनेछन् ।


Author

थप समाचार
x