टी-२० सिरिज : फाइनलमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै
![](https://ekagajcdn.prixacdn.net/media/albums/NepalandNetherlands_00TezK3SBF.jpg)
काठमाडौँ- जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुँदैछ ।
जारी सिरिजमा नेदरल्याण्ड्स ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।
त्यसैगरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अंक हासिल गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया