क्रिकेट

नेपाललाई स्तब्ध पार्दै पीएनजीले जित्यो टी-ट्वान्टी सिरिज

इकागज |
फागुन ३०, २०८० बुधबार १५:० बजे

काठमाडौँ- नेपाललाई स्तब्ध पार्दै पपुवा न्यूगिनी (पीएनजी) ले हङकङमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

बुधबार भएको फाइनलमा नेपाललाई ८६ रनले हराउँदै पीएनजीले उपाधि जितेको हो ।


उपाधिका लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले १७ तथा आरिफ शेखले १५ रन बनाए । पीएनजीका लागि सेसे बाउ, सेमो कामिया, चाड सोपर र काबुआ मोरियाले २-२ विकेट हात पारे । अलेन नाओले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक ६१ रन जोडे । अलेइ नाओले ३० रनको योगदान गरे ।

हिला भारेले १८ रन तथा हिरि हिरिले १५ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान ३-३ तथा करण केसी र गुल्सन झाले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x