क्रिकेट

पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४ विकेटले विजयी

इकागज |
चैत १३, २०८० मंगलबार ७:१६ बजे

काठमाडौँ- रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति भएको खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।


पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए । 

यसअघि पञ्जावलेपहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार ब्यहोरेको छ ।


Author

थप समाचार
x