क्रिकेट

जब खेल भइरहँदा मैदानमा प्रवेश गरेर समर्थकले रोहित शर्मालाई अंगालो हाले…

इकागज |
चैत २०, २०८० मंगलबार ११:३६ बजे

काठमाडौँ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीचको खेल चलिरहँदा एक समर्थक भने पर्खालबाट हाम फालेर मैदानमा गरे ।

उक्त समर्थक मैदानमा प्रवेशमात्र गरेनन्, उनले मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मासँगै विकेट-किपर इशान किशनलाई अंगालो समेत हालेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।


मैदानमा प्रवेश गरेका समर्थक आफूतिर दौडिएपछि रोहित शर्मा भने तर्सिएका थिए । तर पछि उक्त समर्थकले भने रोहितलाई अंगालो हालेका थिए ।

इशान किशनलाई समेत अंगालो हाल्न भ्याएका उक्त समर्थकलाई भने सुरक्षा अधिकारीहरूले त्यसपछि समात्न सफल भएका थिए ।

मुम्बईको वान्खेडे स्टेडियममा भएको उक्त घटनाका कारण खेल केही समय अवरुद्ध समेत भएको थियो ।

उक्त खेलमा राजस्थानले मुम्बईलाई ६ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x