क्रिकेट

टी-ट्वान्टी विश्वकपको टिममा आफूलाई नराख्न बेन स्टोक्सको आग्रह

इकागज |
चैत २०, २०८० मंगलबार १५:५४ बजे

काठमाडौँ- इंग्ल्यान्ड अल-राउन्डर बेन स्टोक्सले आफूलाई यसै वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि टिममा नराख्न आग्रह गरेका छन् ।

आफूले 'फिटनेस' मा ध्यान दिने भन्दै स्टोक्सले विश्वकपका लागि टिममा आफूलाई समावेश नगर्नका लागि अनुरोध गरेको बीबीसीले जनाएको छ ।


स्टोक्सले केही समयअघि नै घुँडाको शल्यक्रिया गराएका थिए । साथै भारतमा भएको पाँच खेलको टेस्ट सिरिजका क्रममा उनले केवल ५ ओभर मात्र बलिङ गरेका थिए ।

३२ वर्षीय स्टोक्सले यसअघि भारतमा जारी इन्डियन प्रिमियर लिग नखेल्ने निर्णय गरेका थिए ।

आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा टी-ट्वान्टी विश्वकप आयोजना गर्दैछ । इङ्ग्ल्यान्ड साविक विजेता पनि हो ।


Author

थप समाचार
x