क्रिकेट

आयरल्याण्ड उल्भ्सविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

इकागज |
चैत २३, २०८० शुक्रबार ९:३७ बजे

काठमाडौँ- आयरल्याण्ड उल्भ्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड उल्भ्सलाई ब्याटिङको निम्तो दिएका छन् । 


शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड उल्भ्स २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।


Author

थप समाचार
x