क्रिकेट

आईपीएलमा आज दुई खेल

इकागज |
चैत २५, २०८० आइतबार ९:२९ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

आज पहिलो खेल मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदै छ । मुम्बईमा हुने यो खेल दिउँसो ३:४५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि हुँदै छ ।


जारी आईपीएलमा मुम्बईले लगातार तीन खेलमा हार बेहोरेको छ भने दिल्ली क्यापिटल्सले भने चार खेलमा एक जित र तीन हार बेहोरेको छ ।

मुम्बईले अहिलेसम्म गुजरात टाइटन्स, सनराइजर्स हैदरावाद र राजस्थान रोयल्ससँग हार बेहोरेको छ । त्यस्तै दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सविरुद्ध जित हासिल गरेको छ भने पञ्जाव किंग्स, राजस्थान रोयल्स र कोलकोता नाइट राइडर्ससँग हार बेहोरेको छ ।

त्यसैगरी लखनउ सुपर जाइन्टले अहिलेसम्म ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । लखनउले पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ भने राजस्थान रोयल्ससँग हार बेहोरेको छ ।

त्यसैगरी गुजरात टाइटन्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ । जसमा मुम्बई र सनराइजर्स हैदरावादलाई पराजित गरेको छ भने चेन्नई सुपर किंग्स र पञ्जावसँग हार बेहोरेको छ ।


Author

थप समाचार
x