क्रिकेट

हैदरावादले आईपीएलमा तोड्यो आफ्नै रेकर्ड, बैंगलुरु २५ रनले पराजित

इकागज |
बैशाख ४, २०८१ मंगलबार ७:३७ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराति भएको खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बैंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ८३ तथा कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाएका थिए । 


यसअघि सनराइजर्सले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो । 

सनराइजर्सका लागि ट्राभिस हेडले १०२ तथा हेइनरिक क्लासेनले ६७ रन बनाएका थिए ।

यो आईपीएलको इतिहासमा अहिलेसम्म बनेको सबैभन्दा धेरै रन हो । सनराइजर्सले यसअघि यसै सिजनमा मुम्बई इण्डियन्सविरुद्ध आफैले बनाएको २७७ रनको रेकर्ड तोडेको छ ।

यो जितपछि सनराइजर्सको ६ खेलमा ४ जितसहित ८ अंक भएको छ र अंकतालिकामा चौथों स्थानमा रहेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुको भने यो यस सिजनमा छैटौं हार हो । ७ खेलमा एक जितसहित २ अंक लिएर बैंगलुरु पुछारमा रहेको छ ।


Author

थप समाचार
x