क्रिकेट

आईपीएलमा लखनउमाथि दिल्लीको शानदार जित

इकागज |
बैशाख १, २०८१ शनिबार ७:२ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।


लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्वाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्दतले २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए ।

यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ ।


Author

थप समाचार
x