क्रिकेट

राजस्थानमाथि गुजरात ३ विकेटले विजयी

इकागज |
चैत २९, २०८० बिहीबार ६:५५ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।


राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि राजस्थानले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी आईपीएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x