क्रिकेट

आईपीएलः राजस्थानको लगातार पाँचौँ खेल जित्ने लक्ष्य

इकागज |
चैत २८, २०८० बुधबार १५:३५ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति राजस्थान रोयल्सले गुजरात टाइटन्सको सामना गर्दैछ ।

राजस्थान र गुजरातबीचको खेल जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुनेछ ।


जारी आईपीएलमा राजस्थानको यो पाँचौँ खेल हो भने गुजरातको छैटौं खेल हो । राजस्थानले यसअघिका चारवटै खेलमा जित हात पारेको छ । राजस्थान ८ अंकसहित शीर्ष स्थानमा छ ।

यता गुजरातले भने पाँचमध्ये तीन खेलमा पराजय भोग्दा केवल दुई खेलमा जित हात पारेको छ । चार अंक हात परेको गुजरात सातौं स्थानमा छ ।

राजस्थानले गुजरातविरुद्ध पनि जितलाई निरन्तरता दिन चाहन्छ भने गुजरातले राजस्थानलाई पहिलो हार चखाउन चाहन्छ ।


Author

थप समाचार
x