क्रिकेट

आईपीएलः लखनउले दिल्लीविरुद्ध खेल्दै

इकागज |
चैत ३०, २०८० शुक्रबार १३:५६ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राति लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सको सामना गर्दैछ ।

लखनउ र दिल्लीबीचको खेल लखनउमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा लखनउले खेलेका ४ मध्ये ३ खेलमा जित हात पार्दै ६ अंक जोडेको छ । यता दिल्लीले भने ५ मध्ये केवल १ खेलमा जित हात पार्न सफल भएको छ ।

तालिकामा लखनउ तेस्रो स्थानमा रहँदा दिल्ली १० औँ स्थान अर्थात पुछारमा रहेको छ ।


Author

थप समाचार
x