क्रिकेट

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात

इकागज |
चैत ३०, २०८० शुक्रबार १९:५२ बजे

काठमाडौँ- नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।


नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले समूह ए मा २ अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ ।


Author

थप समाचार
x