क्रिकेट

प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्ने

इकागज |
बैशाख ७, २०८१ शुक्रबार २०:६ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।

आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानका लागि नेपालसँग खेल्ने भएको हो ।


यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तेस्रो स्थानको खेल शनिबार नेपाली समयअनुसार ४:१५ बजेदेखि हुने छ ।

त्यस्तै प्रिमियर कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।


 


Author

थप समाचार
x