क्रिकेट

विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को-को परे ?

इकागज |
भदौ २४, २०७८ बिहीबार ६:३५ बजे

फोटो : बीसीसीआई

काठमाडौँ - भारतले टी–ट्वान्टी विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपका लागि भारतले महेन्द्रसिंह धोनीे मेन्टर र विराट कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो । रोहित शर्मा उपकप्तान छन् । 

भारतीय टिममा केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा छन् । यस्तै बलरमा राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामीलाई पनि टिममा राखिएको छ । यस्तै दीपक चाहर, शार्दुल ठाकुर र श्रेयास आयरलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।


कोभिडका कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । भारतले पहिलो खेल अक्टोबर २४ मा पाकिस्तानसँग खेल्नेछ । २००७ देखि भारतले टी–ट्वान्टी विश्वकप जित्न सकेको छैन ।


Author

थप समाचार
x