क्रिकेट

अन्तराष्ट्रिय क्रिकेटबाट मालिंगाको सन्‍न्‍यास

इकागज |
भदौ २९, २०७८ मंगलबार १८:५१ बजे

काठमाडौँ - लासिथ मालिंगाले अन्तर्राष्ट्रिय क्रिकेटका सबै संरचनाबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार टी–ट्वान्टी क्रिकेटबाट पनि सन्न्यासको घोषणा गरेका हुन् । यसअघि नै टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्यास लिएका मालिंगाले केही वर्षयता टी–क्रिकेट भने खेलिरहेका थिए ।

तर आइतबार श्रीलंकाले टी–ट्वान्टी विश्वकप क्रिकेट टिमको घोषणा गर्दा आफू नपरेपछि मालिंगाले सन्न्यासको घोषणा गरेका अनुमान गरिएको छ । तीव्र गतिका बलर मालिंगा टी–ट्वान्टी क्रिकेटमा ‘आइकन’ बलर मानिन्छन् । 



Author

थप समाचार
x