क्रिकेट

आइपीएल : राजस्थानमाथि दिल्ली हावी

इकागज |
बैशाख २९, २०७९ बिहीबार ६:४१ बजे

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्समाथि दिल्ली क्यापिटल्स हावी बनेको छ ।
मुम्बईमा गए राति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो ।
राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनायो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले ।
राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमै भेट्यो । ृसले दुई विकेट गुमाएर लक्ष्य भेट्टाएको हो । दिल्लीको जितमा मिचेल मार्शले ८९ रनको योगदान दिए । डेभिड वार्नरले अविजित ५३ रन बनाए ।
जितसँगै दिल्लीले १२ खेलमा १२ अङ्क जोडेको छ । दिल्ली पाँचौँ स्थानमा छ । समान खेलमा १४ अङ्कका साथ राजस्थान तेस्रो स्थानमा छ ।
 



Author

थप समाचार
x