अपराध

सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ

इकागज |
चैत ७, २०७९ मंगलबार १८:२६ बजे

काठमाडौं- प्रहरीले टोखा नगरपालिका-११ गोंगबु मनमैजु पुलबाट एक महिलालाई पक्राउ गरेको छ ।

अन्दाजी साढे २ केजी तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित रामेछाप घर भएकी ३४ वर्षीया सन्तोषी श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।


विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले श्रेष्ठले सञ्चालन गरेको एस एस फेन्सी कलेक्सनबाट उक्त तौलको सालकको खपेटा र २० हजार रूपैयाँसहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x