अपराध

अवैध सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

इकागज |
मंसिर १९, २०८० मंगलबार १६:५७ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौं -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातु करिब १ सय ८६ ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु ठेगाना भएका ४० वर्षीय  संगित केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगितको साथबाट करिब ९५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थान तथा औंठी १ थान र सुनिताको साथबाट ९१ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री २ थानसहित फेला पारी पक्राउ गरेको हो ।  


उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाएको छ ।


Author

थप समाचार
x