अपराध

अवैध हिरासहित भारतीय नागरिक फर्पिङबाट पक्राउ

इकागज |
मंसिर २६, २०८० मंगलबार ११:९ बजे

सांकेतिक तस्विर

काठमाडौं - अवैध हिरासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनले बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघमा लगि परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।  


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x