अपराध

९ वर्षीया बालिका बलात्कार आरोपमा तनहुँबाट एक जना पक्राउ

इकागज |
मंसिर २७, २०८० बुधबार १४:३५ बजे

सांकेतिक तस्विर

तनहुँ - ९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ । 

सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x