अपराध

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

इकागज |
पुस २०, २०८० शुक्रबार १४:१२ बजे

काठमाडौँ- शेयर राइडिङ् कम्पनी टुटलका संस्थापक शिक्षित भट्ट काठमाडौँ बाट पक्राउ परेका छन्। भट्टलाई आपराधिक विश्वासघातको कसुरमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले इकागजलाई जानकारी दिए।

उनका अनुसार कम्पनीको प्रतिलिपि अधिकारको विवादबारे उजुरी आएकाले भट्टलाई नियन्त्रणमा लिइएको हो। कम्पनी दर्ता गर्न दुई /तीन जनाले रकम उठाए पनि भट्टले एकलौटी दर्ता गरेको भन्ने विवाद रहेको प्रहरीले जनाएको छ । भट्टविरुद्ध आपराधिक विश्वासघात समेत गरेको भन्दै उजुरी परेको छ । 



Author

थप समाचार
x