अपराध

रसियामा आकर्षक तलब हुन्छ भनेर ठगी गर्ने ट्राभल सञ्‍चालक पक्राउ

इकागज |
पुस २०, २०८० शुक्रबार १६:३८ बजे

काठमाडौँ- रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने संलग्न दुई जना पक्राउ गरेका छन् । होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्‍याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका संचालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राई भनिने शेरबहादुर राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । 

उनीहरूले शंकर कार्की, राजन राई र विकास राईलाई रसिया पठाएका थिए । रसिया पुगेपश्चात्  पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८०० डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए । तर, कार्कीले आफू आर्मीको लागि नआएको बताए पनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको बताएका थिए । 


त्यसपछि  शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा एसएसलीमात्रै पास गरेका कार्कीको सबै नक्कली कागजात समेत ट्राभल्स वालाले नै बनाइदिएको खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

अभियुक्तहरूलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको  छ । साथै राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको रेग्मीले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x