अपराध

६० किलो गाँजासहित उदयपुरबाट दुई जना पक्राउ

इकागज |
पुस २७, २०८० शुक्रबार १६:१३ बजे

फाइल तस्बिर

उदयपुर - उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन्।

उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरूलाई शुक्रबार बिहान कटारी नगरपालिका-७ देउलीकुनाबाट पक्राउ गरिएको हो।


जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुवैलाई गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Author

थप समाचार
x