अपराध

गाँजासहित दुई पक्राउ

इकागज |
साउन १४, २०७८ बिहीबार २०:३५ बजे

मकवानपुर - स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको  छ  । ६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका  १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका-२० चनौली बस्‍ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका-६ बस्‍ने ४३ वर्षीय ललिततामाङ रहेका छन् । मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । (रासस)



Author

थप समाचार
x