अपराध

स्वचालित पेस्तोलसहित दुई भारतीय पक्राउ

इकागज |
साउन १९, २०७८ मंगलबार १३:४ बजे

बुटवल - दाङ प्रहरीले स्वचालित पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका १ जुरौलीबाट एक थान स्वचालित पेस्तोल, २ थान म्यागजिन, २ थान गोली र ३ वटा मोबाईलसहित उनीहरूहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति र हतियारसहितका बस्तुहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भारतको सिद्धार्थनगर नगरपञ्चायत बढी ३ का २२ वर्षीय करमुल्लाह आमिर र सोही ठाउँको वडा नम्बर ८ का १९ वर्षीय राजा खान रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय दाङबाट र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको संयुक्त प्रहरीको टोलीले आमिरको कम्मरमा लुकाई राखेको पेस्तोलसहित म्यागेजीन र गोली बरामद गरेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए । उनीहरूले बिक्रीका लागि दाङमा हतियार ल्याएको बताएका छन् । 

प्रहरीले हतियारसहित मानिस आउँदै गरेको सूचना पाएपछि ग्राहक बनेर उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ  । उनीहरूविरुद्ध हातहतियार खरखजना सम्बन्धी मुद्दामा अनुसन्धान र कारबाही प्रकृया अघि बढाइएको जानकारी दिएको हो ।

उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिए । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 
 


Author

थप समाचार
x