समाज

सुप्रिम बचत तथा ऋण सहकारी प्रकरण

धरौटी बुझाएपछि रिहा भए दिपेश पुन

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १७:५७ बजे

बुटवल- सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन् । गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए ।


पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । उनी सत्तारूढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हुन् । उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।


Author

थप समाचार
x