अपराध

विद्यालय प्रांगणमा खेलिरहेकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास

इकागज |
साउन २९, २०७८ शुक्रबार १८:१२ बजे

सांकेतिक फोटो

वीरगञ्ज - पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ महेन्द्रनगरकी ९ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महेन्द्रनगरका १८ वर्षीय अरविन्द मुखिया रहेका छन् ।

गत बुधबार गाँउकै विद्यालयको प्राङगणमा खेलिरहेका बेला ती बालिकालाई युवकले बलात्कार प्रयास गरेको पीडित बालिकाका अभिभावकले बताएका छन् । आरोपित युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पीडित बालिकाका अभिभावकले उजुरी दिएका छन् ।


प्रहरी कार्यालयमा उजुरी परेपछि आरोपित युवक गाँउ छाडेर फरार भएकाले खोजी भइरहेको जनाइएको छ ।


Author

थप समाचार
x