अपराध

अवैध लागूऔषधसहित २ जना पक्राउ

इकागज |
पुस ३०, २०७८ शुक्रबार १७:२० बजे

काठमाडौं– सर्लाहीस्थित मलंगवा नगरपालिका-८ लच्काबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सितामढी सोनबर्षाका अजयकुमार महतोलाई ७५ पिस नियन्त्रित लागूऔषध नाईट्राभेटसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 


त्यस्तै, बर्दिया बढैयाताल नगरपालिका-८ इँटाभट्टा नजिकबाट गुलरिया नगरपालिका–४ तुलापुर बस्ने २० वर्षीय बिपिन सुनार करिब ३ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषधसहित पक्राउ परे।  ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित उनलाई शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भे.९ प ७६६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थसहित  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


Author

थप समाचार
x