अपराध

अर्जुन दास हत्या प्रकरण : झण्‍डै चार महिनापछि चार जना पक्राउ

इकागज |
बैशाख २, २०७९ शुक्रबार १२:४० बजे

काठमाडौँ - कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरा रहेका छन् । उनीहरू चारै जना १९ वर्षीय हुन् ।

भारतमा लुकिछिपी बसेका उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनीहरूलाई रुपन्देहीको बेलहिया सिमानाकाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले सिमानाबाट पक्राउ गरेको हो । 


अर्जुन गत पुस पहिलो साता घाँटी  छिनालेर रुखमा बाँधिएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए । घटनाको झन्डै चार महिनापछि प्रहरीले भारतबाट आरोपीहरूलाई पक्राउ गरेको हो । 


Author

थप समाचार
x