कूटनीति

ल्हासास्थित महावाणिज्यदूतावासबाट इ - पासपोर्ट सेवा सुरु

इकागज |
असार २, २०७९ बिहीबार २०:१५ बजे

काठमाडौँ - चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ । 

नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए । 


सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी दिँदै सहज र सुलभ ढंगबाट विद्युतीय राहदानीसम्बन्धी सेवा प्रदान गर्न महावाणिज्यदूतावास कटिबद्ध रहेको बताए । 

सो अवसरमा नियोगका सम्पूर्ण कर्मचारी तथा ल्हासामा रहेका नेपालीको उपस्थिति थियो । नियोगले प्रत्येक दिन ३० वटासम्म आवेदन लिनसक्ने व्यवस्था मिलाएको छ । 

राहदानी आवेदन फाराम अनलाइन भर्न नसक्ने सेवाग्राहीको आवेदन नियोगबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको महावाणिज्यदूत ढकालले जानकारी दिए । रासस


Author

थप समाचार
x