कूटनीति

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

इकागज |
साउन १३, २०७९ शुक्रबार १५:१६ बजे

काठमाडौँ- नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । 


भेटवार्तामा दुई मन्त्रीबीच नेपाल-अमेरिका सम्बन्ध, विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा, कोभिड-१९ खोप लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x