कूटनीति

नेपालमा कोभिड नियन्त्रण गर्ने पहलमा अन्तर्राष्ट्रिय नियोग

इकागज |
बैशाख २९, २०७८ बुधबार १७:१३ बजे

काठमाडौं : नेपालमा बढिरहेको कोभिड-१९ संक्रमण नियन्त्रण र संक्रमितको चाप बढेसँगै स्वास्थ्य सामग्रीको अभाव पूर्ति गर्न अन्तर्राष्ट्रिय नियोगहरू सक्रिय भएका छन् ।

केही समयअघि बेलायतबाट निस्किने 'द गार्जियन' पत्रिकाको अनलाइन संस्करणमा लेख छपाउँदै सहयोगको लागि अपिल गरेका थिए । अन्तर्राष्ट्रिय सञ्‍चार माध्यममा प्रधानमन्त्रीले गरेको अपिलले मुलुकको कोभिड संकट अन्तर्राष्ट्रिय समुदायमा सञ्‍चार भएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी रक्षा मन्‍त्रालयले पीपीइ र अक्सिजन थेरापी उपकरण सहायता नेपाललाई हस्तान्तरण गरेको छ । दूतावासको ट्वीटर खातामार्फत जानकारी दिएको थियो । अमेरिकाले कोभिड-१९ का लागि झन्डै चार करोड अमेरिकी डलर सहायता दिने प्रतिबद्धता जनाएको थियो ।


संयुक्त राष्ट्र संघको नेपालस्थित आवसीय संयोजक सारा बेयसोलो नयन्तीले नेपाललाई यथाशीघ्र कोभिड-१९ विरुद्ध खोप उपलब्ध गराउन निर्माता मुलुकहरूसँग अपील गर्ने बताएकी छिन् । उनले ट्वीटमार्फत यसको जानकारी गराएकी हुन् । उनले भनेकी छिन्, 'नेपालले भ्याक्सिन लगाउन आवश्यक २० प्रतिशत नागरिकलाई भ्याक्सिन पुर्‍याउन सकेको छैन । नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।'

विश्व स्वास्थ्य संगठनका पूर्व निर्देशक एन्थोनी कोस्टेलोले नेपालले बेलायतसँग नेपाललाई सहयोगका लागि अपील गरेका छन् । बेलायतका वैदेशिक मामिलासम्बन्धी अधिकारीहरूलाई मेन्सन गर्दै उनले परीक्षण किट, अक्सिजन र भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन् । उनले ट्वीटमा लेखे, 'बेलायती सेनाका लागि गोर्खा सैनिकले दुई सय वर्षसम्म लडे । हाम्रो वैदेशिक कार्यालयहरूले यथाशीघ्र उनीहरूको समस्या सम्बोधन गर्नुपर्छ ।'


Author

थप समाचार
x