कूटनीति

विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्छु : राष्ट्रसंघ महासचिव गुटेरेस

इकागज |
कात्तिक १२, २०८० आइतबार १६:३ बजे

काठमाडौँ- चारदिने औपचारिक नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हमासको आक्रमणमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

साथै सबै बन्धकहरू बिनासर्त रिहाइ हुनुपर्ने पनि महासचिव गुटेरेसले जिकिर गरे । नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राष्ट्रसंघको सदैव साथ र सहयोग रहने उनले बताए । उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका मुद्दाहरूको सम्बोधन हुने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए ।


गुटेरेसले दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपालले खेलेको भूमिका प्रशंसायोग्य रहको बताए । 


Author

थप समाचार
x