अर्थ / बाणिज्य

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द

इकागज |
बैशाख २६, २०८१ बुधबार १४:२० बजे

काठमाडौँ - भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ ।


ठूलो संख्यामा एकैपटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्द भएको बताइएको छ ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत गर्दै कम्पनीले कर्मचारीहरूसँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।
 


Author

थप समाचार
x