कूटनीति

जापानी विदेशमन्त्री योको र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

इकागज |
बैशाख २३, २०८१ आइतबार १७:३ बजे

काठमाडौँ- जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आइतबार नै काठमाडौँ आइपुगेकी जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो ।


भेटवार्ताका क्रममा जापानलाई पुरानो असल मित्रका साथै ठूलो विकास साझेदारका रूपमा लिएकाले द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्नका लागि सबै पक्षहरूमा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए ।

जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे । विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार नै काठमाडौँ आएकी हुन् । 


Author

थप समाचार
x