कूटनीति

इजरायल र हमासबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत, विपिन जोशीको रिहाइको माग

इकागज |
मंसिर ७, २०८० बिहीबार १८:४६ बजे

फाइल फोटो

काठमाडौँ - नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै युद्धविरामको स्वागत गरेको हो । 

विज्ञप्तीमा भनिएको छ, नेपाल सरकार गाजामा बन्दीहरूको रिहाइ र मानवीय सामग्रीको आपूर्तिका लागि मार्ग प्रशस्त गर्ने युद्धविराम सम्झौताको स्वागत गर्दछ । 


सम्झौताकालागि कतार, इजिप्ट र अमेरिकाले गरेको पहलको नेपालले प्रसंशा गरेको छ ।

नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको रिहाइको आव्हानसमेत गरेको छ । 


Author

थप समाचार
x