कूटनीति

आज हुने भनिएको परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

इकागज |
फागुन २०, २०८० आइतबार २०:११ बजे

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ ।


परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ ।


Author

थप समाचार
x