कूटनीति

पर्वतको मोदी गाउँमा भीआईपीको रोपाई

नेपाली खेतमा इजरायली राजदूतको हह माले हह (फोटो फिचर)

कृषि पेशालाई होच्याउने धारणा बदल्ने प्रयास

इकागज |
असार १९, २०७८ शनिबार २०:५० बजे

काठमाडौँ : असार १५ मा हिलोमा पस्नैपर्छ भन्ने नेपाली मान्यता छ । मुरी भित्र्याउन मानो रोप्ने समय नेपालीका लागि दैनिक कर्म हो । कृषि प्रधान देशका लागि हिलाम्मे माटोमा छुपुछुपु धान रोप्ने किसानको नियमित काम नै हो । नेपाल कृषिप्रधान मुलुक भए पनि खाद्यमा परनिर्भरता रहेको छ । यसमा मित्र राष्ट्रले चिन्ता समेत व्यक्त गर्ने गरेका छन् । त्यस मध्ये एक हो, इजरायल ।


इजरायल अन्य भूमिबाट माटो ल्याएर आफैँ खाद्यान्‍न उब्जाउने मुलुक हो । जो नेपालमा आधुनिक कृषिको विकासका लागि गम्भीरताका साथ चाँसो दिइरहेको छ । इजरालको कृषि प्रणालीबाट नेपालले पनि पाठ सिकिरहेको छ । उसो त इजरायल कृषिमा विश्वलाई पाठ सिकाइरहेको मुलुक हो ।

विश्वलाई आधुनिक कृषिको नमूना पाठ पढाइरहेको इजरायलका राजदूत हनान गोडेर पर्वतको मोदी गाउँपालिकाको राम्जा पुगेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगै असार १५ कै दिनमा राजदूत गोडेर खेतमा पसे । छुपुछुपु धान रोपे । बाउँसे लागे । बीउ काढ्ने र बोक्ने काम समेत राजदूत गोडेरले गरे । 

नेपालमा आधुनिक कृषिको लबिङ गर्दै आएका राजदूत हनानले नेपाली किसनालाई उर्जा दिन र कृषिमा ‘इजरायल पनि सँगै छ’ भन्न आफू धान रोप्न खेतमै पुगेको  बताए । 

राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनाले आफ्नै खेतमा हलो जोतेका थिए। त्यही खेतमा इजरायली राजदूत पनि हलो जोत्न पुगेका हुन् । राजदूतले सबै खाले काम गर्दै रमाए पनि । कृषि भनेको बौद्धिक कार्य पनि हो तर यसलाई नेपालमा होच्याउने काम भएको भन्दै माथिल्लो तहबाटै कृषिमा उर्जा आवश्यक रहेको अवस्थामा राजदूत हनानले चासो देखाएर सहभागि भएका हुन । 

व्यवसायीक भन्दा पनि कृषि उत्पादनलाई निर्वाहमुखी र परम्परागत रुपमा मात्रै सीमित गर्दा यसले आम्दानी र जीवनस्तरमा सुधार आउन नसकेको बुझाई राजदूत हनानको छ । उनले नेपालमा अब व्यवसायिक कृषि प्रर्वद्धन गर्नुपर्ने बेला आएको भन्दै त्यसमा सरकार नै जुर्मुराउनु पर्ने बताए । 

राजदूत हनानले इजरायलको कृषि प्रविधि नेपालमा भित्रिसकेको र यसलाई व्यापक बनाउन आवश्यक रहेको बताए । साथै उनले पर्याप्त कृषि प्रविधि नेपाल ल्याउन प्रतिवद्धता पनि जनाए । आधुनिक र व्यवसायिक कृषिबाट मात्रै आर्थिक विकास सम्भव भएको राजदूत हनानको धारणा छ । 


Author

थप समाचार
x