कूटनीति

राराबाट राजदूतको डायरी

राराको सौन्दर्यमा मुग्ध भए अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत

इकागज |
कात्तिक २९, २०७८ सोमबार ५:३५ बजे

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरी

काठमाडौँ- अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूतहरू एकसाथ मुगुस्थित रारा तालको भ्रमणमा निस्केका छन् । उनीहरू ताल्चा विमानस्थल भएर रारा ट्रेकिङ गएका हुन् । उक्त भ्रमणका तस्बिरहरू राजदूतहरूले आफ्ना सामाजिक सञ्जालमार्फत् सेयर गरेका छन् । 

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले राराबाट डायरी लेखेका छन् । पहिलो दिनको डायरीमा उनले आफूहरू किन यो यात्रामा निस्केको भन्ने सम्बन्धमा आम जिज्ञासालाई सम्बोधन गर्दै भनेका छन् । 


‘म किन यो यात्रामा निस्कें? रारा ताल नै किन ? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सवै समुदाय र पृथ्वीका सवै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो।’

राजदूत बेरीले रारा ताल नेपालको सवैभन्दा ठूलो र हिमाली क्षेत्रमा अवस्थित ताल रहेको भन्दै यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि रहेको उल्लेख गरेका छन् 

‘जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ।,’ राजदूत बेरीले सार्वजनिक गरेको डायरीमा लेखेका छन्, ‘अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूस सम्म पनि पर्ने गर्दछ। त्यसैले म किन यो यात्रा गर्दैछु त। स्पष्ट छ, म तपाईंहरू सवैलाई यी सवै विषयका बारे अवगत होस् भन्ने चाहन्छु।’

राजदूत बेरीसहित बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क रारा यात्रामा छन् । 

 

 

 

 

 

 

तस्बिर सौजन्य : अमेरिकी दूतावासको फेसबुक पेज तथा अष्ट्रेलियकी राजदूत फेलिसिटी भोल्कको ट्वीटरबाट

यो पनि पढ्नुहोस्:

दुर्गमता लुकाइरहेको राराको भव्यता


Author

थप समाचार
x